व्यास नगरपालिकाको पुनः मतगणना स्थगित

डिसी नेपाल
३२ जेठ २०८१ २१:०३
56
Shares

दमौली। तनहुँको व्यास नगरपालिकाको प्रमुखका पुनःमतगणना स्थगित भएको छ। उच्च अदालत पोखराको फैसलाबमोजिम आगामी असार २ गते पुनःमतगणना हुने भनिएकामा उच्चकै आदेशबमोजिम मतगणना रोकिएको हो।

यही जेठ १ गते उच्च अदालतले पुनःमतगणना गर्न आदेश दिएको थियो। सो फैसलाविरुद्ध नगरप्रमुख वैकुण्ठ न्यौपानेले यही जेठ २४ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए। सो रिट सर्वोच्चमा सुनुवाइ हुन बाँकी छ।

उक्त सुनुवाइको पेसी आगामी असार २ गतेलाई सरेको छ। यसअघि जेठ २७, २८ र २९ मा हेर्न नभ्याइनेमा परेको थियो ।

सर्वोच्चमा परेको रिट किनारा नलागेसम्म असार २ गतेलाई हुने भनिएको मतगणना स्थगित गरिएको उच्च अदालत पोखरा सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए। नगरप्रमुख न्यौपानेले पुनः मतगणना स्थगितका लागि उच्च अदालतमा समेत निवेदन दर्ता गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *