युद्ध रोक्न रूसी राष्ट्रपति पुटिनको शर्त इटाली र जर्मनीले अस्वीकार गरे
काठमाडौं । इटाली र जर्मनीका नेताहरूले युक्रेन युद्ध रोक्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रस्तावलाई अस्वीकार गरेका छन्। पुटिनले युद्धविरामका लागि शर्त राखेका थिए।
रुस–युक्रेन युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न स्वीट्जरल्याण्डमा भएको शिखर सम्मेलनमा धेरै देश पुगेका छन् । यस समयमा, इटाली र जर्मनीका नेताहरूले युद्ध रोक्न रूसी राष्ट्रपति पुटिनको सर्तहरू पूर्ण रूपमा अस्वीकार गरे।
इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले युद्ध रोक्न राष्ट्रपति पुटिनको योजनालाई प्रोपागाण्डा भनेकी छिन् । उनले यसमा युक्रेनलाई नै युक्रेनबाट बाहिर जान भनिएको बताइन् ।
जर्मन चान्सलर ओलाफ स्कोल्जले पुटिनको शान्ति योजनालाई “तानाशाही शान्ति” भन्दै खारेज गरेका छन्।
युक्रेनमा शान्ति सम्बन्धी दुईदिने शिखर सम्मेलनअघि पुटिनले युद्धविरामका लागि आफ्नो शर्त राखेका थिए ।
शुक्रबार पुटिनले शान्ति वार्ताका लागि युक्रेनले डोनेस्क, लुहान्स्क, खेरसन र जापोरिज्याबाट आफ्ना सेना फिर्ता गर्नुपर्ने र युक्रेनले नेटोमा सामेल हुने सपना त्याग्नुपर्ने बताएका थिए ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सेना प्रमुख एन्ड्री येर्माकले बीबीसीलाई भने, “स्वतन्त्रता, सार्वभौमसत्ता वा क्षेत्रीय अखण्डतामा कुनै सम्झौता हुँदैन”।
यस कार्यक्रममा ९० भन्दा बढी देश र विश्व संस्थाहरु सहभागी छन् । युक्रेनमा ठूलो आक्रमणपछि आयोजना गरिएको यो सबैभन्दा ठूलो सम्मेलन हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment