‘मेरा हर खुसीहरुमा’ गीतमा कस्को वर्णन गर्दैछिन् गायिका टीका ?
काठमाडौं। लोकप्रिय गायिका टीका प्रसाई नयाँ गीतका साथ स्रोता तथा दर्शकसामु आएकी छन्। टीकाले बुधबार आफ्नै युट्युब च्यानलबाट ‘मेरा हर खुसीहरुमा’बोलको गीत सार्वजनिक गरेकी हुन्।
सुमन कार्कीको शब्द, सरोज प्याकुरेलको संगीत रहेको गीतमा टीकाको एकल गायन छ।
उनले गाएकी छन्
मेरा हर खुसीहरुमा खुसी हुने मान्छे तिमी
म रमाउँदा संगसंगै रमाउने मान्छे तिमी
यस्तै प्रेम भाव प्रस्तुत गरिएको गीतमा नजिकको मान्छको वर्णन गरिएको छ।
गीतको भिडियोमा पनि टीका नै फिचर्ड छन्। भिडियोलाई सुरेन्द्र श्रेष्ठले छायांकन तथा सम्पादन गरेका हुन्।
टीकाका यसअघि ‘नाइँ मलाई थाहा छैन्’, ‘माया लुकी लुकी’, ‘कर्के नजर’ लगायतका दर्जनौं गीत हिट छन्। आफ्ना यसअघिका गीतझैं यस गीतलाई पनि स्रोता तथा दर्शकले मन पराउने उनको अपेक्षा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment