कांग्रेसले बोलायो संसदीय दलको बैठक
काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
कांग्रेसले शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा अपरान्ह ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ। त्यस अघि २ बजे संसदीय दल कार्यससमितिको बैठक बस्ने भएको छ।
सरकारले संसदबाट बजेट पारित गर्ने तयारी गरेका कारण सो विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको बताइएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment