मरुभूमिमा हराएपछि बेहोस प्रेमिकालाई आफ्नै शरीरको छहारी दिइरहेका प्रेमी, दुवैको उद्धार

डिसी नेपाल
६ असार २०८१ १६:१९
328
Shares

काठमाडौं । क्यालिफोर्नियाको मरुभूमिमा तिर्खाका कारण बेहोस अवस्थामा पुगेका एक जोडीको प्रहरीले उद्धार गरेको छ । दक्षिणी क्यालिफोर्नियाको जोसुवा ट्री नेश्नल पार्कको मरुभूमिमा ट्रेकिङका लागि गएका एक जोडीका केही यस्ता तस्विरहरू सार्वजनिक भएका छन् जसमा एक पुरुषले आफ्नी प्रेमिकालाई घामबाट जोगाउने प्रयासमा आफ्नै शरीरलाई छहारी बनाएर सुतेको देखिन्छ ।

अमेरिकी समाचार च्यानल फक्स न्युजको रिपोर्टका अनुसार ती व्यक्ति तिर्खाका कारण बेहोस अवस्थामा रहेकी आफ्नी प्रेमिकालाई बचाउन खोजिरहेका थिए । दुवैले बोकेको पानी बिचमै सकिएपछि प्रेमिका बेहोस भइन् ।

रिभरसाइड काउन्टी शेरिफको कार्यालयले जोडीलाई उद्धार गर्यो । ती व्यक्तिले ९११ मा फोन गरे र पुलिसलाई उनकी प्रेमिका धेरै कमजोर भएको र डिहाइड्रेसनबाट पीडित भएको बताए ।

त्यसपछि अधिकारीहरूले जोडीलाई मरुभूमिबाट फर्काउनका लागि हेलिकप्टर पठाए। अधिकारीहरूले भनेअनुसार जब उद्धारकर्मीहरू जोडी भएको ठाउँमा पुगे, उनीहरू दुवै सुक्खा ठाउँमा लडिरहेका थिए।

रिभरसाइड काउन्टी शेरिफ अफिसको एभिएसन युनिटले इन्स्टाग्राममा एउटा भिडियो पनि सेयर गरेको छ, जसमा हेलिकप्टर भुइँमा सुतेको जोडीतर्फ अघि बढिरहेको देख्न सकिन्छ। भिडियोमा देखाइएअनुसार पुरुषले आफ्नी प्रेमिकालाई घामबाट जोगाउनको लागि उनलाई छोपेर सुतिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.