नाइजेरियामा श्रृंखलाबद्ध विस्फोटमा १८ जनाको मृत्यु, ३० जना घाइते

डिसी नेपाल
१७ असार २०८१ १५:२३
40
Shares

काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा भएको श्रृंखलाबद्ध विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

प्रशासनले शनिबार बालबालिका, वयस्क र गर्भवती महिलासहित १८ जनाको मृत्यु भएको पुष्टि भएको बताएको छ ।

कतिपय स्थानीय सञ्चारमाध्यममा मृत्यु हुनेको संख्या धेरै रहेको बताइएको छ । नाइजेरियाका अखबारहरूमा ३० जनाभन्दा बढीको ज्यान गएको समाचार छ।

अधिकारीहरुका अनुसार शनिबार एक विवाह समारोहमा भएको शङ्कास्पद विष्फोटमा छ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।

सरकारी आपतकालीन व्यवस्थापन एजेन्सीले एक विवाह, अन्त्येष्टि र ग्वोजा सहरको अस्पतालमा आत्मघाती बम विष्फोट भएको बताएको छ।

बोर्नो प्रान्त विगत १५ वर्षदेखि बोको हराम इस्लामिक चरमपन्थीहरू विरुद्धको द्वन्द्वको केन्द्र बनेको छ, जसका कारण ४० हजार मानिस मारिएका छन् भने २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *