माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
काठमाडौं। नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। विकसित राजनीतिबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ९ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन्।
पदाधिकारी बैठकमा एमालेले समर्थन फिर्ता लिने भएपछि राजीनामा दिने कि विश्वासको मत लिने भन्नेबारेमा नै छलफल हुने एक नेताले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ। राजिनामा नदिएको खण्डमा भने सरकार गठनको प्रक्रिया लम्बिने भएको छ।
संसदका प्रमुख दुई दलका शीर्ष नेता एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति पत्रमा हस्ताक्षर भएसँगै प्रचण्ड सरकार संकटमा परेको हो।
No ads found for this position
Facebook Comment
प्रतिक्रिया


डिसी नेपाल
बिस्वासकाे मतको लागि कसरत गर्दा राम्रो ।