नेपालको हँसाउने राजनीति
राजनीति नै भयो हाम्रो, खाने भाँडो सबैतिर
बेथिति बढ्यो यसले, यत्र तत्र सबैतिर।
जनता गरीब झन्झन्, के भयो यस देशमा
लाउँ खाँउभनी बस्दा, झन् बने अलपत्रमा।
गणतन्त्र बन्यो हाम्रो, देशको मूल मन्त्रनै
यही व्यवस्थामा बने पार्टी सबैएक यन्त्र झैं।
राजा बिद्रोहगरी हिँड्ने, भित्रभित्र फकाउन
उनैका घरका गाउँले, लाग्छन् श्रीपेच टल्काउन।
राजा राष्ट्रपति बन्दैनन्, फेरिन्छकी पुनः भनी
राष्ट्रपति राजा बन्दैनन्, राजा हुइन्छ की भनी।
राजनीति धमिलिँदा, अर्थतन्त्र बन्यो गरीब
अर्थतन्त्र गरिबिँदा, अस्तव्यस्त भयो करिब।
कसले राजनीति गर्ने, व्यवस्था बुझिकन
सबैले नीति अर्काको लिई बसे नबुझिकन।
देशको नीति खै कहाँ गो, कसले यो बसी सोचने
सारा बिदेसिएका छन्, खै यो कसले बुझने।
नेताले बुझे जनता, तर जनताले बुझेनन्
राष्ट्रमा के भयो कुन्नि, बिदेसीले गनेनन्।
कति पार्टी उम्रे देशमा, राजनीति गरी गरी
कति मोटा भए देशमा, देशको ढुकुटी भरी।
छैन राजनीति देशमा, रह्यो भागबन्डा नीति
यस्तै रही रहे देशमा, टुगो छैन यसको मिति।
बाहिर बसने बुद्धि, जीबीहरु यहाँ सबै
के भन्छन्, कहिले के भन्छन्, आआफू मिली सबै।
एउटा राजनीति बोकी, साम्यवादी भनी हिँडे
अर्का राजनीति बोकी, प्रजातन्त्र भनी हिँडे।
अर्को निस्कियो यहाँ फेरि, माओबादी बनिकन
सबैलाई पछाडि पारी, बाघ नंग्रा लिइकन।
राजाबादी “राजा” भनी, कुर्लेका छन् वरिपरी
हुने राजा भने फेरि, घुमेका छन् सधैंभरी।
आखिर सबैको एउटै बोली, कसरी अर्थ लुट्ने
राजनीति बन्यो देशको, सबै जनता रुवाउने।
खाने पिउने सबै नेता, कार्यकर्ता मोटाउने
बिचरा जनता सारा, सधैं आशा जगाउने।
के यस्तो राजनीति कस्तो, जनता सधैं रुवाउने
के कस्तो राजनीति यस्तो, सारा विश्व हँसाउने।
No ads found for this position


Facebook Comment