बाजुरामा होटल तथा पर्यटन व्यवसायी संघ गठन, अध्यक्षमा रोकाया चयन
बाजुरा । बाजुरामा होटल तथा पर्यटन व्यावसायी संघ गठन गरेको छ।
बडिमालिका नगरपालिका १ का वडाध्यक्ष राम बहादुर कार्कीको अध्यक्षतामा बिहिबार जिल्ला सदरमुकाम मार्तडीमा बसेको आम भेलाले घन बहादुर रोकायालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो।
११ सदस्यीय कार्यसमिति गठन गरिएको उक्त होटल तथा पर्यटन व्यवसायी संघको उपाध्यक्षमा अमृता सिह, महासचिव, धनि थापा, कोषाध्यक्ष सत्या रावतलाई चयन गरेको हो।
त्यस्तै सदस्यहरुमा कृष्ण बाँनिया, कर्ण महत, गोपाल साउँद, जानकी रोकाया, सन्तोस नाथ, गोरख ऐडी र कर्ण बहादुर दानीलाई चयन गरेको अध्यक्ष धनबहादुर रोकायाले जानकारी दिए।
भेलालाई सम्बोधन गर्दै वडा अध्यक्ष कार्कीले जिल्लामा थुप्रै पर्यटकीय गन्तव्य भएपनि पूर्वाधारको विकास नभएका कारण ओझेलमा परेको बताए। अब बन्ने समितिले पूर्वाधार र प्रचारप्रसारमा जोड दिन आग्रह गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment