युक्रेन युद्धमा रुसको पक्षमा लडिरहेका भारतीयहरूलाई फिर्ता पठाउन रूस सरकार सहमत

डिसी नेपाल
२६ असार २०८१ १६:२०
44
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा रुसले आफ्नो सेनामा लडिरहेका भारतीयहरूलाई आफ्नो देश फिर्ता पठाउने वाचा गरेको छ ।

भारतको विदेश मन्त्रालयले सो जानकारी दिएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीको मस्को भ्रमणको अन्त्यमा यो घोषणा गरिएको हो ।

यो मुद्दा यही भ्रमणका क्रममा राष्ट्रपति पुटिनसँग पनि उठेको थियो । दिल्लीले भारतीयहरूलाई फिर्ता पठाउन अपिल गरेको थियो।

गैर-लडाकू इकाइहरूमा काम गर्ने नाममा सेनामा भर्ती भए पनि पछि युक्रेनमा सक्रिय लडाइँमा पठाइएको यी भारतीयहरू बताउँछन्।

युक्रेन युद्धमा हालसम्म कम्तीमा चार भारतीयको मृत्यु भइसकेको छ ।

यो युद्धमा धेरै नेपालीहरू पनि रूसको पक्षबाट लडिरहेका छन् तर नेपाल सरकारले उनीहरूलाई फिर्ता ल्याउन कुनै ठोस पहल गरेको छैन । युद्धमा मारिने नेपालीको संख्या भारतीयको भन्दा कैयौं धेरै छ ।

रुसी सेनामा करिब ३५-४० जना भारतीय रहेको विदेश सचिव विनय मोहन क्वात्राले बताए, जसमध्ये १० जनालाई फिर्ता ल्याइएको छ। बाँकीलाई ल्याउन वार्ता भइरहेको छ ।

रसियामा फसेका भारतीयहरूले उनीहरूलाई राम्रा पैसा र रूसी पासपोर्टको सट्टामा सामेल हुन प्रलोभन दिएको बताएका छन्।

यीमध्ये धेरैजसो गरिब परिवारका छन्, जसलाई रुसी सेनामा सहयोगीको रूपमा कामको प्रस्ताव गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *