कविता : त्रिशूलीको सिमतालमा खसेका दुई बस

शंकरप्रसाद रिजाल
१ साउन २०८१ ११:०८
288
Shares

खसे बस ती ठूला बिहान सिमतालमा
बग्यो सबैको ज्यान त्यो त्रिशुलीको भेलमा

एउटा बसले गर्दा अर्को पनि खसी गयो
साठी नेपालीहरुको ज्यान लास बनी बगी गयो

आमा बुवा सबै रोए छोरा छोरीको बिछोडमा
दाजु भाइ सबै आए आफ्नै मानिसको भेटमा

तर भेट त्यो झन् भयो टाढा सारा सबै मरेसरी
पानीको भेलमा आज कति यात्रु डुबी गए

छ कि ज्यान छ कि भन्दै किनारा त्रिशूली पुगे
सबैको आशमा सबले सहयोग गरी बसे

आशा निरासमा फर्किन्छ पालैपालो गरिकन
सबैको आँसु बर्सिन्छ भक्कानो फुटिइकन

लौरो छ एक त्यो लामो खोजी पत्ता लगाउने
बाढीको भेलमा जाबो लट्ठीमात्र देखाउने

गहिरो कति छ त्यसको त्यो पत्ता नलाउने
दश फुटे बाँसको भाटा कत्ति चोटी बजार्ने

बसको छैन क्यै खोज ठूलो जत्ति भएपनि
बिचरा यात्रुको जीवन मृत्युलोक गएपनि

पानीको भेलको ओइरो नदीमा त्यो आउँदा
खोजीमेली भयो मात्र कुनै जान नभेटिने

धेरैको ज्यान गयो आज धेरै टुहुरा बने
के बच्चा के बुढा बाजे सबै आज रोइ बसे

मरेका मरेकै भए बाँचेका पनि मरेसरी
लासले लास तानेझैं तर्सिँदै घरिघरी

यो काल किन आयो खोइ कसले यो भन्दिने
पानीको भेलमा जाँदा दुवै बस नबोल्ने

त्यो रात चन्द्रमा रोइन् ताराहरु पिलीपिली
देखी घटनाको भाग आगोसरी पोलिइ

कालको मुख नै कालो कतैतिर नदेखिने
यसको काम झन् कालो सबैलाई रुवाउने

आखीर यो समयको लेखा हुनेपर्ने थियो कि त
परमेश्वर नै उनै जानुन के यो हुनु नै थियो कि त

भागी भाग्यको लेखा मेट्न सक्ने यहाँ छ को
उनको भाग्यमा त्यस्तै लेखिएको थियो त त्यो

बत्ती दियो सबै बालौं यो ठूलो लोक शोकमा
सम्झना उनको राखौं सम्झी सबै ति स्वर्गमा


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *