बिहान खाली पेटमा दूध पिउनु फाइदाजनक कि हानिकारक? दूध पिउने सही समय र तरिका जान्नुहोस्

डिसी नेपाल
८ साउन २०८१ १५:०२
116
Shares

काठमाडौं। हामी सबैलाई थाहा छ दूध हाम्रो स्वास्थ्यको लागि फाइदाजनक छ, यो आफैंमा एक सुपरफुड हो। दूधमा पौष्टिक तत्व प्रशस्त मात्रामा पाइन्छ । यसमा क्याल्सियम, प्रोटिन र हेल्दी फ्याट जस्ता अत्यावश्यक बहु–पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ। दूध पिउनाले कमजोर हड्डीमा जीवन ल्याउँछ, मांसपेशी बलियो बनाउँछ, शरीरलाई सक्रिय राख्छ र दिमागलाई पनि तेजिलो बनाउँछ।

यसमा पाइने भिटामिन डीले मस्तिष्कको कार्यप्रणालीमा सुधार गर्छ । तर धेरैको मनमा यो प्रश्न आउँछ कि बिहान खाली पेटमा दूध पिउन सकिन्छ? आउनुहोस्, जान्नुहोस् दूध पिउने सही समय के हो?

तपाईं बिहान दूध पिउनुहुन्छ वा राति यो व्यक्तिगत छनौट हुन सक्छ। बिहान खाली पेटमा दूध पिउनु भनेको व्यक्तिको स्वास्थ्य अवस्था र दूधको प्रकारमा पनि निर्भर हुन्छ।

बिहान दूध पिउनुका फाइदाहरुः
बिहान दूध पिउनाले पाचन प्रणालीमा सुधार हुन्छ । बिहान दुध पिउनाले कमजोर हड्डीलाई जीवन्त बनाउँछ र मांसपेशी बलियो बनाउँछ। साथै आफ्नो तौल बढाउन चाहनेले बिहान पक्कै दूध पिउनुपर्छ ।

बिहान दुध पिउनुका बेफाइदाहरुः
कतिपय मानिसहरूलाई दूधबाट ल्याक्टोजको समस्या हुन सक्छ, जसले पेट दुख्ने, पखाला वा ग्यास निम्त्याउन सक्छ। खाली पेटमा दूध पिउनाले एसिडिटी वा पेट जलन हुन सक्छ। खाली पेटमा दूध पिउन चाहनेहरूले तातो दुधको सट्टा चिसो दूध पिउनुपर्छ ताकि यसले पाचन प्रणाली र एसिडिटीसँग सम्बन्धित समस्या नहोस् ।

दूध पिउने सही समय र तरिका जान्नुहोस्: तपाईं बिहान दूध पिउन सक्नुहुन्छ तर पिउन अघि, केही फलफूल वा बिहानको खाजा खानुहोस्। खाली पेटमा दूध कहिल्यै नपिउनुहोस्, बरु खानासँगै पिउनुहोस् । कम फ्याट वा स्किम्ड दूध पिउनु राम्रो हो।  राती सुत्नुअघि दूध पिउनु पनि फाइदाजनक हुन्छ, किनकि यसले निद्रामा सुधार गर्न मद्दत गर्छ। साथै बेसार मिसाएर तातो दूध पिउनुहोस् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.