पर्यटक भित्र्याउन काठमाडौंमा ‘शैलुङ यात्रा’ बृत्तचित्र प्रदर्शन
काठमाडौं । शैलुङ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन काठमाडौंमा ‘शैलुङ यात्रा’ बृत्तचित्र प्रदर्शन गरेको छ।
दोलखामा रहेको सय थुम्काको संगम (शैलुङ) प्राकृति, संस्कृति तथा ऐतिहासिक महत्वको धरोहर बोकेको हुँदा यो क्षेत्र घुम्नलाई काठमाडौंमा ह्याङला दोलखा–काठमाडौं तामाङ समाजले आन्तरिक तथा बाह्य पर्यटकलाई अपिल गरेको छ।
शैलुङ गाउँपालिका अध्यक्ष भरत दाहाले भने, ‘शैलुङको प्राकृतिक महत्वलाई यथावत राख्दै पर्यटकीय पूर्वाधार निर्माणमा सबै जुट्न पर्छ।’
नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न ‘शैलुङमा आवश्यक पूर्वाधारको व्यवस्था गर्न सरकारलाई पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले आग्रह गरे।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment