सुनको मूल्यमा सामान्य गिरावट
काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ।
मंगलबार सुन तोलामा एक सयले घटेर एक लाख ५२ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि सोमबार सुनको मुल्य अहिलेसम्मकै बढी कायम हुदै तोलाको १ लाख ५२ हजार ३ सय रहेको थियो।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी आज प्रतितोला १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment