‘फूलबुट्टे चोली’मा विमल र शान्तीले मर्काए कम्मर
काठमाडौं। यो मौसम नै तीजको हो। हिजोआज हरेक दिन नयाँ–नयाँ तीज गीतका भिडियोहरु सार्वजनिक भईरहेका छन्।
यसैक्रममा ‘फूलबुट्टे चोली’बोलको तीजगीत सार्वजनिक गरिएको छ।
यो गीतको शब्द सञ्चारकर्मी समेत रहेका प्रदिप कंडेलले लेखेका हुन्। गीतमा अलिफ खानको एरेञ्जर, विजय तिखातरीको संगीत छ।
विजय तिखातरी र ज्योती गोर्खालीको स्वरमा गीत सार्वजनिक भएको हो। विजयकै निर्देशन तथा सन्तोष गुरुङको कोरियोग्राफीमा तयार भएको भिडियोमा विमल अधिकारी र शान्ती सापकोटाले नृत्य गरेका छन्।
टंक केसीले छायांकन, विजय तिखातरीको सम्पादन रहेको भिडियोको प्रोडक्सन म्यानेजरको रुपमा रामकुमार बस्नेतले काम गरेका हुन्। भिडियोलाई रञ्जुला फिल्मसको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
भिडियो :
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment