नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यू-२० च्याम्पियनसिपको उपाधि

डिसी नेपाल
१२ भदौ २०८१ १६:३७
128
Shares

काठमाडौं। बंगलादेशले नेपाललाई पराजित गर्दै साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ४-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।

खेलमा बंगलादेशले पहिलो हाफको अन्त्यमा पहिलो गोल गरेको थियो। बंगलादेशका लागि पहिलो गोल मिरजुल इस्माइलले गरेका थिए। त्यसपछि दोस्रो गोल मिराजुलले नै खेलको ५५औं मिनेटमा गरेका थिए ।

त्यस्तै बंगलादेशका लागि तेस्रो गोल खेलको ७१औं मिनेटमा रब्बी हुसेनले गरेका थिए भने ९० मिनेटको इन्जुरी समयपछि बंगलादेशक पियास अहमद नोभाले चौथो गोल गरेका थिए।

नेपालका लागि एक गोल समीर तामाङले ८०औं मिनेटमा गरेका हुन्। योसँगै बंगलादेशले पहिलो पटक साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *