नेप्सेमा ३६ अंकको गिरावट, १२ अर्ब कारोबार

डिसी नेपाल
१३ भदौ २०८१ १५:३९
260
Shares

काठमाडौं।  नेप्सेमा आज गिरावट आएको छ । विहिबार नेप्से ३६.८३ अंकले घटेर २७४९.५७ विन्दुमा पुगेको छ ।

विहिबार ३२२ कम्पनिको कूल २ करोड ८३ लाख ६  हजार ३४२ कित्ता शेयर १ लाख ४५ हजार ९२१ पटक कारोबार हुदा १२ अर्ब २२ करोड २८ लाख २४ हजार ४८१  मूल्यमा खरिद बिक्री भएका छन् ।

त्यस्तै, आज खुथेली बुखारी हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज थ्रीस्टार हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज गुडविल फाइनान्सको सबै भन्दा बढी ३७ करोड ६५ लाख ५९ हजार ७११ को रकम बराबरीको खरिद बिक्रि भएको छ भने आज अपिको सबैभन्दा बढी १० लाख ८४ हजार ११९ कित्ता शेयर कारोबार भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *