पलेशालाई पारालिम्पिकमा ऐतिहासिक कास्य पदक
काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारालिम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी छन्।
पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै पलेशाले काश्य पदक जितेकी हुन् । योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिसमा जारी पारालिम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा पलेशालाई बधाई दिएका हुन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment