सुदेश र स्वरिनले जिते नेपाल सटल मिनी टुर्नामेन्ट
काठमाडौं। नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको नेपाल सटल टाईम मिनी टुर्नामेन्ट २०२४ मा यु–१५ पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सुदेश राजकोटी र महिलातर्फ मध्यपुर ब्याडमिन्ट एकेडेमीकी स्वरिना श्रेष्ठले जित हात पार्दै स्वर्ण पदक प्राप्त गरेका छन् ।
ब्याडमिन्टन खेलप्रति आकर्षण गर्दै बिश्वब्यापी रुपमा ब्याडमिन्टन खेलको विकास गर्ने उद्धेश्यले बिश्व ब्याडमिन्टन महासंघले संचालन गरेको सटल टाईम मिनी टुर्नामेन्ट २०२४ एकदिने प्रतियोगितामा पुरुष तर्फ भोजपुरका सदीप राई दोश्रो र आर्मीका रिजन मगर एवं धन्यतरीका सत्यम कार्की संयुक्त तेश्रो हुँदै रजत तथा कास्य पदक प्राप्त गरेका छन् ।
महिलातर्फ सिन्धुपाल्चोककी अस्ना श्रेष्ठले रजत प्राप्त गर्दा आर्मीकी युनिशा गुरुङ्ग र केबिसीकी प्रेनेशा श्रेष्ठले संयुक्त कास्य प्राप्त गरे । भक्तपुर सिपाडोलस्थित भादगाउँ स्पोर्टस् क्लबको कभर्डहलमा भएको प्रतियोगिताको यु – १२ ब्वाईज तर्फ नेपाल पुलिस स्कुलका प्रनिश कार्कीले आर्मीका दीप थिङ्गलाई पराजित गर्दै स्वर्ण हात पारे ।
नेपाल पुलिस स्कुलका सिद्धान्त श्रेष्ठ र जेनिश तामाङ संयुक्त तेश्रो हुँदै कास्य जित्न सफल भए । गल्र्स तर्फ आर्मीकी अजरेन्का शेरचनले आश्रुती कार्कीलाई पराजित गर्दै स्वर्ण जितिन् । केबिसीकी रेन्शा श्रेष्ठ र काभ्रे ब्याडमिन्टनकी दिवा श्रेष्ठ संयुक्त तेश्रो हुँदै कास्य पाए ।
नेपाल ब्याडमिन्टन संघका पूर्व अध्यक्ष प्रकाश बहादुर शाहीले उद्घाटन गरेको प्रतियोगिताका बिजयी खेलाडीहरुलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, नेपालका लागि योनेक्सका आधिकारीक विक्रेता योनेक्स सनराईजका प्रोपाईटर राजु बास्तोला, संघका पदाधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा पुरुष तर्फ ५५ र महिला तर्फ २५ खेलाडीहरुले सहभागिता जनाएका थिए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment