भ्रमण वर्षको प्रभावकारी प्रचारका लागि पर्यटनमन्त्रीको आग्रह

डिसी नेपाल
२६ साउन २०७६ २२:३०

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सामाजिक सञ्जालमार्फत नेपाल भ्रमण वर्ष २०२०, अभियानको प्रभावकारी प्रचारका लागि आम समुदायलाई आग्रह गरेका छन्।

नेपाल भ्रमण वर्ष मूल आयोजक समितिका संयोजकसमेत रहेका मन्त्री भट्टराईले भ्रमण वर्षलाई प्रारम्भिक रुपमा सहयोग पुर्याउनका लागि वेब साइट, फेसबुक, ट्विटर र इन्स्टाग्राममा भ्रमण वर्षको लोगो राखिदिन आग्रह गरेका हुन्।

उनले आज एक विज्ञप्ति जारी गर्दै भ्रमण वर्ष अभियानलाई सफल बनाउन सबैको सहयोग, समन्वय र सहकार्यको अपेक्षा गर्दै उक्त अभियानलाई विश्वभर पुर्याउनका लागि सहयोगको आह्वानसमेत गरे।

‘स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ, दिदीबहिनीले नेपाल भ्रमण वर्ष, २०२० अभियानलाई प्रारम्भिक रुपमा सहयोग गर्नका लागि सामाजिक सञ्जाललगायतमा यस अभियानको लोगो राखी दिनहुन तथा सार्वजनिक एवम् निजी क्षेत्रका सङ्घसंस्थाले पनि यस कार्यलाई उत्साहका साथ दिनहुन हार्दिक अनुरोध गर्दछु’, मन्त्री भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *