अवैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न रहेको आरोपमा बालुवाटारबाट एक जना पक्राउ

डिसी नेपाल
२७ साउन २०७६ ५:४६

काठमाडौं । अवैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न काठमाडौं महानगरपालिका-४ बालुवाटारस्थित कोठामा बस्दै आएका चितवन भरतपुरका ३६ वर्षीय नसिव तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय कल बाईपास संचालन भइरहेको भन्ने सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा बिहीबार प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले कल बाईपास गरिरहेको अवस्थामा तामाङलाई पक्राउ गरेको हो।

तामाङको साथबाट ३२ पोर्टको जीओआईपी गेटवे २ थान, ल्याप्टप १ थान, राउटर १ थान, मोबाइल १ थान, नेपाल टेलिकम तथा एनसेलका सिमकार्ड ३० थान र नोटबुक १ थान बरामद गरेको छ।

अनुसन्धानको क्रममा तामाङ २०७२ जेठ १९ गते भिओआइपी उपकरण सहित टोखा नगरपालिका-७ धापासी, काठमाडौंबाट पक्राउ परी १ वर्ष कैद सजाय भुक्तान पश्चात छुटेको खुल्न आएको छ। निजले उक्त पेशालाई छिटो आम्दानीको रुपमा हेरी पुन अवैध क्रियाकलापमा लागेको, उपत्यका बाहिर संचालन गर्ने योजना रहेको तथा विदेशी कल क्यारिअरसँग समन्वय गरी भिओआइपी सञ्चालन गरेको अनुसन्धानको क्रममा खुल्न आएको उक्त ब्यूरोले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

One thought on “अवैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न रहेको आरोपमा बालुवाटारबाट एक जना पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *