महिला लिग फुटबलः चन्द्रपुर र कर्णाली प्रदेशबीचको खेल बराबरी

डिसी नेपाल
१८ भदौ २०८१ १६:५३
32
Shares

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको महिला लिग फुटबल प्रतियोगिताअन्तर्गत चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशबीचको खेल बराबरीमा सकिएको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको खेलमैदानमा आज भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै समान एक–एक अंक बाँडेका हुन्।

खेलको छैटौँ मिनेटमा सुनकला राईको गोलमार्फत कर्णालीले अग्रता लिएको थियो। पहिलो हाफको अतिरिक्त समयमा चन्द्रपुरले एक गोल गर्दै खेललाई बराबरीमा ल्यायो। चन्द्रपुरका लागि सेनु परियारले दिएको सुन्दर पासको सदुपयोग गर्दै रजनी थोकरले गोल गरेकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *