नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को नाम फेर्ने लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण

डिसी नेपाल
२३ भदौ २०८१ २२:०९
416
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को नाम फेर्नेलगायत विषयमा ध्यानाकर्षण गराइएको छ।

आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर त्यहाँबाट प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य, पार्टीको तर्फबाट गण्डकी प्रदेश सरकारमा सहभागी मन्त्री र जिल्ला अध्यक्ष जीवन श्रेष्ठसहितका प्रतिनिधिले मागपत्र बुझाएर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

मागपत्रमा जिल्लाको नामाकरण नवलपुर गरिनुपर्ने, धौवाधी फलाम खानीको उत्खनन कार्य निरन्तर हुनुपर्ने, त्रिवेणी–दुम्कीबास सडक, हुलाकी राजमार्ग, नमूना सदरमुकाम निर्माण र त्रिवेणी भन्सार सञ्चालन हुनुपर्नेलगायत विषय उल्लेख गरिएका छन्।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्रले धान्ने अवस्थालाई ख्याल गरेर विकास निर्माणमा उचित ध्यान दिने प्रतिबद्धता व्यक्त गरे। उनले उत्पादकत्व वृद्धि र लोकतन्त्रको रक्षामा आफ्नो तर्फबाट योगदान गर्न आह्वान गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *