कोशीमा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित
विराटनगर। कोशी प्रदेशसभामा विषयगत समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन्।
विषयगत समितिका सभापतिहरुको निर्वाचन तालिकाअनुसार आज मनोनय दर्ता र शुक्रबार निर्वाचन हुने जानकारी गराइएको थियो। तालिकाअनुसार न्याय, प्रशासन तथा विधायन समितिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद राई, सार्वजनिक लेखा समितिमा राजन किराँती, सामाजिक विकास समितिमा गयानन्द मण्डल गनगाईं, उद्योग, पर्यटन तथा वातावरण समितिमा रामदेव यादव र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा होमबहादुर थापाले आज मनोनयन दर्ता गराएका थिए।
प्रत्येक समितिमा एक/एक जनाले मात्र मनोनय दर्ता गरेकाले उनहरु निर्विरोध निर्वाचित भएको कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। समितिका सभापतिहरुमा नेकपा (एमाले) र नेपाली कांग्रेसका तीन/तीन जना र नेकपा (माओवादी केन्द्र)का एक जना निर्विरोध निर्वाचित भएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment