जीप दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु

डिसी नेपाल
२८ भदौ २०८१ ११:४३
120
Shares

बाग्लुङ। बाग्लुङको गलकोट नगरपालिका-२ भुङ्खानीमा जीप दुर्घटना हुँदा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ।

मृत्यु भएका अन्य दुई जनाको अहिलेसम्म सनाखत हुन नसकेको बताइएको छ। मृतक महिला र एक पुरुषको सनाखत हुन बाँकी रहेको छ।

सो दुर्घटनामा एक पुरुष घाइते भएका छन्। घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ।

लोकमार्गमा रा.१.झ.२०० नं.को सरकारी पिकअप गाडी सडकदेखि झन्डै ३०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *