अमेरिका नेतृत्वको नेटो र रूसबीच युद्ध सुरु हुने पुटिनको चेतावनी

डिसी नेपाल
२८ भदौ २०८१ १३:४३
264
Shares

काठमाडौं । युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र दिने विषयमा चलिरहेको छलफलका बीच पुटिनले नेटोसँग रुसको युद्धको खतरा रहेको चेतावनी दिएका छन् ।

पुटिनले भने, ‘यदि युरोप र अमेरिकाले कीभलाई रुसको भित्री भागमा लामो दूरीको मिसाइलले आक्रमण गर्न अनुमति दिएमा नेटो र रुसबीच युद्ध हुन सक्छ।’

यसैबीच, रुसी सञ्चारमाध्यमका अनुसार मस्कोले ६ जना बेलायती कूटनीतिज्ञहरूलाई जासुसी गरेको आरोप लगाउँदै उनीहरूको मान्यता रद्द गरेको छ।

रुसको गुप्तचर एजेन्सी एफएसबीले उनीहरूको गतिविधि देशको सुरक्षाका लागि खतरा भएको बताएको छ ।

पुटिनले सरकारी टेलिभिजनमा भने – ‘यसको मतलब युक्रेन युद्धमा नेटो देशहरू, अमेरिका र युरोपेली देशहरूको प्रत्यक्ष संलग्नता हुनेछ।’

“यो उनीहरूको प्रत्यक्ष संलग्नता हो र स्पष्ट रूपमा यसले यस द्वन्द्वको आधारभूत प्रकृतिलाई परिवर्तन गर्नेछ,” उनले भने।

राष्ट्रपति पुटिनले भने, “यदि यस्तो भयो भने, हामीले हामीमाथि निम्त्याइएको खतराका आधारमा निर्णय लिनुपर्नेछ।”

अर्कोतर्फ बेलायती प्रधानमन्त्री कियर स्टारमरले यो युद्ध रुसले सुरु गरेको र यसलाई तत्काल रोक्न सक्ने बताएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *