युगाण्डाकी ओलम्पियन एथलीट रेबेका चेप्टेगीको अन्त्येष्टिमा हजारौं मानिस सहभागी

डिसी नेपाल
३१ भदौ २०८१ १०:२२
4
Shares

काठमाडौं । युगान्डाकी ओलम्पियन एथलीट रेबेका चेप्टेगीको शनिबार अन्त्येष्टि गरिएको छ। चेप्टेगीको अन्तिम यात्रामा हजारौं मानिस भेला भएका थिए। चेप्टेगीलाई पूर्वी युगान्डामा आफ्नो बुबाको घर नजिकै गाडिएको छ।

हालै उनका पूर्व प्रेमी डिक्सन एनडीमाले उनीमाथि पेट्रोल खन्याएर आगो लगाएका थिए । यो आक्रमणमा उनी नराम्ररी जलेकी थिइन् । पछि उनको मृत्यु भयो ।

३३ वर्षीय म्याराथन धावक चेप्टेगी भर्खरै सम्पन्न पेरिस ओलम्पिक खेलकुदमा सहभागी भएकी थिइन् ।

युगाण्डामा महिला हिंसाका धेरै घटनाहरू छन्। पछिल्ला वर्षहरूमा धेरै महिला खेलाडीहरूलाई निशाना बनाइएको छ।

चेप्टेगीको मृत्युमा देशका खेलकुद तथा युवा मन्त्रीले भने, “सरकारका रूपमा हामी दोषी छौँ, तर समुदाय पनि दोषी छौँ।”

पेरिस ओलम्पिक २०२४ मा रेबेका चेप्टेगीकी टिममेट स्टेला चेसाङले युगान्डा र साथीहरूका लागि यो दुःखद दिन भएको बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *