विगत ७५ वर्षको सबैभन्दा खराब आँधी बेबिन्का चीनको सांघाईमा ठोक्कियो
काठमाडौं । ‘बेबिन्का’ आँधी सोमबार चीनको सांघाईको तटीय क्षेत्रमा पुगेको छ । चीनको सरकारी सञ्चारमाध्यमले यो सांघाईमा विगत ७५ वर्षमा आएको सबैभन्दा खराब आँधी भएको बताएको छ ।
यस आँधीका कारण सांघाईका हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
चीनको मौसम विभागले सोमबार बिहान साढे सात बजे (स्थानीय समय) साङ्घाईको तटीय क्षेत्र लिङ्गाङमा आँधी बेबिन्का आएको जनाएको छ।
आइतबार साँझ नै महानगरीय क्षेत्रबाट चार लाखभन्दा बढी मानिसलाई सतर्कता अपनाउन भनिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
यसबाहेक चोङमिङ जिल्लाबाट पनि नौ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । चोङमिङ यांग्त्जे नदीको मुखमा अवस्थित एउटा टापु हो र यो सांघाईको एक भाग हो।
यस आँधीका कारण चीनमा सयौं उडानहरू पनि रद्द भएका छन्। यसबाहेक राजमार्ग पनि बन्द गरिएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment