संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

डिसी नेपाल
३ असोज २०८१ ९:२३
12
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन्।

संविधान दिवसका अवसरमा आज सामाजिक सञ्जालबाट शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले दशकौं लामो संघर्ष र सयौंको बलिदानको फलस्वरूप जनता आफैँले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले संविधान निर्माण गरेको उल्लेख गरेका छन्।

“संविधानले सबैलाई अधिकारसम्पन्न बनाएको छ। सबैखाले विचार, समुदाय, भूगोल, लिंग, जाति र धर्मका भावनालाई यसले संरक्षण गरेको छ। यसको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुन सक्छ’, सन्देशमा भनिएको छ, “जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले पनि बिर्सनु हुँदैन। यो स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा हाम्रो मस्तिष्कमा समाजलाई निरङ्कुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र आउँछ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *