दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ

डिसी नेपाल
५ असोज २०८१ १९:५६
88
Shares

काठमाडौं। भारतको राजधानी दिल्ली राज्यमा नयाँ सरकार बनेको छ। अरविन्द केजरीवालको राजीनामापछि आम आदमी पार्टीले नेतृत्व परिवर्तन गरेको छ।

केजरीवाल सरकारमा शिक्षामन्त्री रहेका आतिशी मरलानले दिल्लीको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेकी छन्। दिल्लीस्थित उपराज्यपाल निवासमा अतिशीसँगै अन्य पाँच मन्त्रीले पद तथा गोपनियताको सपथ लिएको भारतीय मिडियाले उल्लेख गरेका छन्। नयाँ सरकारमा गोपाल राई, कैलाश गहलोत, सौरभ भारद्वाज, इमरान हुसेन र मुकेश अहलावत मन्त्री बनेका छन्।

मदिरा घोटाला प्रकरणमा जेलमा रहेका केजरीवाल सर्वोच्च अदालतले जमानत दिएपछि बाहिर आउनासाथ मुख्यमन्त्रीबाट राजीनामा दिने र फेरी जनताबाट निर्वाचित भएपछि मात्र मुख्यमन्त्री बन्ने घोषणा गरेका थिए।

४३ वर्षीय आतिशी हालको दिल्ली सरकारमा शिक्षा मन्त्री रहेकी थिइन्। उनलाई आम आदमी पार्टीको एक स्तम्भ मानिन्छ। केजरीवालसहितका शिर्ष नेताहरु जेलमा हुदा पनि आतिशीले आम आदमी पार्टीलाई सफल नेतृत्व दिएको जस उनलाई दिने गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *