दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै दायर गरेको निवेदन न्यायाधीश राउतको इजलासमा
काठमाडौं। रास्वपाकी नेतृ ज्वाला संग्रौलाको चरित्र हत्या गरेपछि पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज सुनुवाइ हुँदैछ । सो निवेदन सर्वोच्चका न्यायाधीश प्रकाशमासिंह राउतको एकल इजलासमा पेशीपरेको छ।
सोमबार प्रसाईलाई रिहा गर्न माग गर्दै उनका छोरा निराजनले सर्वोच्चमा रिट हालेका थिए। प्रसाईं आइतबार भक्तपुरबाट पक्राउ परेका थिए। काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि ३ दिनको म्याद दिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment