आफ्नै पार्टीका महिला स्थायी समिति सदस्यको संख्याबारे प्रचण्ड अनविज्ञ 

डिसी नेपाल
८ असोज २०८१ १६:२६
264
Shares

काठमाडौं। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीका महिला स्थायी समिति सदस्यको संख्या यकिन गर्न असमर्थ भएका छन्।

कान्तिपुर टेलिभिजनको एक अन्तर्वार्तामा माओवादीको पदाधिकारी र स्थायी समितिमा महिलाको उपस्थिति बारे प्रश्न गर्दा उनले आधिकारिक संख्या उल्लेख गर्न सकेका छैनन्। उनले पदाधिकारीमा एक जना महिला रहेको बताउँदै स्थायी समिति सदस्यको भने यकिनका साथ भन्न नसकेर ७ /८ /९ जनाको संख्यामा रहेको बताएका छन्।

प्रचण्डले भनेका छन्, ‘पदाधिकारीमा एक जनामात्रै हुनुहुन्छ। स्थायी समितिमा ७ /८ जना हुनुहुन्छ, ९ जना नै हुनुहुन्छ सायद।’

आफ्नै पार्टीको स्थायी समिति सदस्य समेत यकिन गर्न नसकेको भन्दै प्रचण्डको सामाजिक सञ्जालमा टिप्पणी हुन थालेको छ ।

कुनै बेला चार हजारसम्म केन्द्रीय सदस्य बनाएरै कीर्तिमानी कायम गरिएको माओवादीमा प्रचण्डले न्यून संख्यामा रहेका स्थायी समिति सदस्य समेत यकिन गर्न असमर्थ भएका छन्। प्रचण्डलाई बुढ्यौलीले च्यापेर स्मरणशक्ति कमजोर भएको समेत चर्चा हुन थालेको छ।

माओवादीको उपाध्यक्ष रहेकी पम्फा भुसाल २२ सदस्यीय पदाधिकारीमा एक मात्रै महिला हुन् भने ४३ सदस्यीय स्थायी समितिमा ११ जना महिला रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *