इरानले आफूलाई मार्न चाहेको तर नसकेको ट्रम्पको दाबी

डिसी नेपाल
९ असोज २०८१ १७:००
72
Shares

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफूलाई मार्न चाहेको तर त्यसमा सफल नभएको बताएका छन् । इरानले फेरि यस्तै प्रयास गर्न सक्ने ट्रम्पले दाबी गरे ।

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो ज्यानलाई इरानबाट ठूलो खतरा छ । सम्पूर्ण अमेरिकी सेना हेरिरहेको र पर्खिरहेको छ। इरानले प्रयास गरेको थियो तर असफल भयो । तर उसले फेरि प्रयास गर्नेछ। यो अवस्था कसैको लागि राम्रो होइन। म धेरै मानिसहरू, बन्दुक र हतियारहरूले घेरिएको छु। म पहिले यो भन्दा धेरै मानिसहरूले घेरिएको थिइन।’

उनले लेखेका छन्, ‘मेरो सुरक्षाका लागि थप रकम विनियोजन गरेकोमा संसदलाई धन्यवाद । रिपब्लिकन र डेमोक्र्याटिक सांसदहरू यस मुद्दामा एकजुट भएको देख्दा राम्रो लाग्यो। तर, पूर्वराष्ट्रपतिमाथि हमला भयो भने त्यो आक्रमणकारीले मृत्युलाई निम्तो दिनुजस्तै हो ।’

अमेरिकी राष्ट्रपति चुनावअघि ट्रम्पको यस्तो भनाइलाई कतिपयले उनको नयाँ शिगुफाको रुपमा लिएका छन् । तर, ट्रम्पको यो भनाइपछि अमेरिकी राष्ट्रपतिको सुरक्षालाई लिएर बहस सुरु भएको छ ।

अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । रिपब्लिकन उम्मेदवार ट्रम्पले डेमोक्रेटिक पार्टीकी कमला ह्यारिससँग प्रतिस्पर्धा गरिरहेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *