गोली प्रहार गरी श्रीमतीको हत्या

डिसी नेपाल
१० असोज २०८१ ९:१४
60
Shares

सर्लाही। जिल्लाको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गएराति एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

बिहीबार राति १ बजे हरिपूर्वा नगरपालिका–५, अन्दाजी २३ वर्षकी चित्रलेखा यादवको आफ्नै श्रीमानले गोली हानी हत्या गरेका छन् । उनीहरुबीच घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रीमानले गएराति घर आएर श्रीमतीसँग विवाद गरी गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए।

घटनामा संलग्न युवकले विवादमा आफ्नै बुवा ५४ वर्षका रामदिनेश यादवलाई पनि गोली हानेर घाइते बनाएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *