बुढानीलकण्ठमा दुई वर्षदेखि बन्द घरमा चार थान हतियार फेला
काठमाडौं। प्रहरीले बूढानीलकण्ठमा चार थान हतियार फेला पारेको छ। भाडामा दिएको एक घर खानतलासी गर्दा ती हतियार फेला परेको प्रहरीले जनाएको छ।
दुई वर्षदेखि ताला लगाएको एक घरमा चार थान हतियार भेटिएको काठमाडौं प्रहरी परिसरका एक अधिकृतले जानकारी दिए।
घर भाडामा लगाएको र लामो समयसम्म भाडामा दिएको मान्छे नआएपछि जनप्रतिनिधिसहितको रोहभरमा ताला फुटाइएको थियो। घरमा लगाएको ताला फूटाएर हेर्दा त्यहाँ चार थान हतियार फेला परेको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment