काठमाडौं उपत्यकामा बाढीपहिराबाट ३४ जनाको मृत्यु, दुई हजार घर डुबानमा
काठमाडौं। बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौं उपत्यकामा ३४ जनाको मृत्यु भएको छ। हालसम्म ललितपुरमा १८, काठमाडौंमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन्। बाढीपहिरा तथा डुबानमा परेका एक हजार तीन सय १५ जनाको उद्धार गरिएको उनले बताए। बाढीपहिरोबाट काठमाडौंमा चार घर भत्केका छन् भने भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ।
काठमाडौंमा एक हजार तीन सय २४, ललितपुरमा पाँच सय र भक्तपुरमा चार सय १७ गरी उपत्यकामा दुई हजार दुई सय ४१ घर डुबानमा परेका छन्। विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौंमा तीन हजार ६०, ललितपुरमा एक हजार एक सय र भक्तपुरमा तीन सय ५० प्रहरी खटिइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment