बाढी,पहिरोमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने एमालेको निर्णय
काठमाडौं। सत्तारुढ दल नेकपा एमालेले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने भएको छ।
आइतबार बसेको केन्द्रीय कार्यालय र विपद् व्यवस्थापन विभाग तथा स्वयंसेवा विभागको संयुक्त बैठकले तत्काल उद्धार कार्यमा पार्टी कमिटीहरु परिचालन गर्ने निर्णय गरेको एमालेले जनाएको छ।
विगत तीन दिनदेखि देशभर परेको अत्याधिक वर्षात्का कारण कम्तिमा पनि १०४ जनाले ज्यान गुमाएका छन् भने कविर ७० जना हालसम्म वेपत्ता छन्।
आज दिउँसोका लागि सरकारले बोलाएको सर्वदलीय बैठकमा एमालेको तर्फबाट महासचिव शंकर पोखरेलले सुझावहरु राख्ने पनि निर्णय भएको एमालेले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment