वीपी राजमार्ग अवरुद्ध भएपछि पैदलै फर्कन थाले यात्रु

डिसी नेपाल
१४ असोज २०८१ १६:०७
72
Shares

काठमाडौं। अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट वीपी राजमार्ग अवरुद्ध भएपछि यात्रुहरु पैदलै फर्कन थालेका छन्।

काभ्रेको पात्लेखेतदेखि नेपालथोकसम्मको विभिन्न स्थानको सडक अवरुद्ध भएपछि फसेका यात्रुहरु पैदलै फर्कन थालेका हुन्। तीन दिनसम्म पनि सडक खुल्न नसकेपछि बाध्य भएर पैदलै फर्किनुपरेको यात्रुहरुले गुनासो गरेका छन्।

उनीहरुले सडक खोल्नका लागि ढिलाई भएको गुनासो समेत गरेका छन्। काभ्रेको १३ वटा स्थानीय तहमध्ये रोशी गाउपालिका, पनौती नगरपालिका, तेमाल गाउपालिका र बेथानचोक गाउपालिका धेरै बाढी र पहिरोबाट प्रभावित भएका छन्। राजमार्गमा सयौं यात्रुहरु बिच बाटोमै ३ दिनदेखि अलपत्र परेका छन्।

३ दिनसम्म बाढी र पहिरोले सडक अवरुद्ध भएपछि राजमार्गमा फसेर पैदलै फर्केका यात्रुहरुले सहज रुपमा पानी खाना समेत नपाएको जनाएका छन्।

बाढी, पहिरोबाट प्रभावित र राजमार्ग अलपत्र अवस्थामा रहेका यात्रुहरुलाई उद्धार गर्नको लागि आइतबार बिहानबाट नेपाली सेनाले खाद्य रासन हेलिकप्टरमार्फत उपलब्ध गराएको थियो। तर हेलिकप्टरबाट हजारौँ यात्रुको उद्दार सम्भव देखिएको छैन । काभ्रेमा मात्रै बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *