बाढीले बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति

डिसी नेपाल
१४ असोज २०८१ १८:०१
44
Shares

काठमाडौं। काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा केही दिनअघिको वर्षाका कारण रु तीन करोड बराबरको क्षति भएको छ।

पन्ध्र रोपनी क्षेत्रफलमा फैलिएको बजार सूर्यकमल प्रालिले सञ्चालन गर्दै आएको यो बजार बागमती र बल्खु खोलाको प्रभाव क्षेत्रमा पर्छ। बजारमा करिब पाँच सय थोक तरकारी तथा कृषि सामग्री बिक्री कक्ष रहेको प्रालिका लेखापाल रेशव जोशीले जानकारी दिए। अविरल वर्षापछि आएको बाढीले बजार क्षेत्र अस्तव्यस्त छ । बजारमा अझै हिलो पन्छ्याउने कार्य जारी छ।

चार वर्षदेखि यहाँ थोक पसल चलाइरहेका गोपाल कटुवालले दसैँका लागि रु २० लाखको सामान राखेकामा बाढीले सबै नष्ट गरेको बताए। बचेको केही सामान जम्मा गरेर हिलो पखालिरहेको उनले सुनाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *