दुर्गा प्रसाईविरुद्ध दुई वटा साइबर अपराधको मुद्दा दर्ता, ५ वर्ष कैद सजाय माग

डिसी नेपाल
१४ असोज २०८१ १९:०७
248
Shares

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा  जिल्ला अदालत काठमाडौमा दुईवटा मुद्दा दायर गरेको हो।

प्रसाईविरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको छ भने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको छ।

प्रसाईलाई अधिकतम ५ वर्ष कैद र एक लाख रुपैंया जरिवानाको माग गरिएको छ।

उनलाई असोज ६ मा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *