नेपालले क्यानडालाई दियो १४० रनको लक्ष्य
काठमाडौं। क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजअन्तर्गतको खेलमा नेपालले घरेलु टोलीलाई १४० रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेका नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनायो। नेपालका लागि ओपनर अनिल साहले सर्वाधिक ४१ रन बनाए। यस्तै अर्का ओपनर आसिफ शेखले ३० रन बनाउँदा गुल्शन झाले २३ रन बनाए। कुशल भुर्तेलले १३ तथा दिपेन्द्र सिंह ऐरीले १२ रन बनाए।
यस सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो। यस खेलमा नेपाललाई त्यस हारको बदला लिने मौका छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment