प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन चार करोड ७९ लाख सहयोग प्राप्त
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज विभिन्न संस्थाबाट रु चार करोड ७९ लाख दश हजार तीन सय ९० सहयोग प्राप्त भएको छ।
आज नेशनल हाइड्रोपावर विद्युत् कम्पनी (भारत सरकार) बाट रु एक करोड, प्रभु बैंकबाट रु एक करोड, अरुण तेस्रो पावर कम्पनीबाट रु एक करोड, एभरेष्ट बैंक लिबाट रु ५० लाख, प्राइम बैंकबाट रु ३१ लाख रकम कोषमा सहयोगस्वरुप जम्मा भएको हो।
त्यस्तै, प्रभु इन्स्योरेन्सबाट रु २५ लाख, प्रमु महालक्ष्मीबाट रु २५ लाख, प्रभु क्यापिटलबाट रु २५ लाख, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीबाट रु १० लाख, इनर्जी ट्रीबाट आठ लाख एकहजार र नवीन कोइराला नुवाकोट हाल अमेरिकाबाट रु पाँच लाख नौहजार तीनसय ९० गरी जम्मा चार करोड ७९ लाख १० हजार तीन सय ९० उक्त कोषमा प्राप्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment