महोत्तरीमा युवतीको वेवारिसे शव फेला

डिसी नेपाल
२३ असोज २०८१ २०:२७
56
Shares

महोत्तरी। यहाँको बर्दिवास नगरपालिका–५ टुटेश्वर मन्दिर नजिकै एक युवतीको शव फेला परेको छ। मन्दिर नजिकको वनक्षेत्रमा अन्दाजी २० वर्षीया युवतीको शव आज फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।

कालो भेस्ट र निलो जिन्स लगाएकी युवतीको हत्या भएको हुनसक्ने अनुमानमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

प्रहरीले शव परीक्षणका लागि बर्दिवास अस्पताल लगेको छ। शव परीक्षण रिपोर्टले घटनाबारे अनुसन्धान गर्न थप सहयोग पुग्ने प्रनाउ पोखरेलको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *