काठमाडौं विमानस्थल भन्सारले कर मागेपछि ल्याउने यात्रु आफैंले फुटाइदिए ४ वटा ल्यापटप
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार निकै रोचक घटना घट्यो । विदेशबाट फर्किने नेपालीले ल्याएका सामानमा अनावश्यक कर लगाउने र सामान जफत गरिदिने गरेको आरोप लाग्दै आएको भन्सारमा एक यात्रुले निकै आश्चर्यजनक काम गरे । ती यात्रु चीनबाट नेपाल आएका थिए ।
चिनियाँ नागरिक बाई चाङले आफ्नो साथमा ५ वटा ल्यापटप ल्याएका थिए । भन्सारको नियमअनुसार एउटा ल्यापटप मात्र कर नतिरी ल्याउन पाइन्छ । एकभन्दा बढी ल्याएमा एउटा छाडेर बाँकीको कर तिर्नुपर्छ । विमानस्थल भन्सार कार्यालयले चाङलाई ४ वटा ल्यापटपको भन्सार तिर्न भन्यो तर उनले मानेनन्।
भन्सार तिर्नुको साटो उनले विवाद बढाउन थालेपछि भन्सार प्रशासनले उनलाई नियन्त्रणमा लियो। विमानस्थल भन्सारले चाङले बोकेका ४ वटा ल्यापटपको १ लाख २० हजार रुपैयाँ मूल्यांकन गरी ४८ हजार ५ सय ६५ रुपैयाँ कर निर्धारण गर्यो। चाङले भन्सार तिर्न अस्वीकार गरे र आफूसँग ल्याएका ४ वटा ल्यापटप भुइँमा खसालेर फुटाइदिए। अन्त्यमा चाङले सरकारी मूल्यांकन अनुसार भन्सार रकम तिरे र फुटाएका ल्यापटप साथमा बोकेर हिँडेका थिए।
No ads found for this position

डिसी नेपाल
ल्यापटप,टिभी त ठिकै हो एउटा भन्दा धेरै ल्याएमा कर लगाउनुपर्छ। तर,नाथे मोबाइल एउटा मात्रै ल्याउन पाउने जुन नियम बनाएको छ त्यो अलि हजम भएन सरकार। बर्सौ पछि बल्लतल्ल घर फर्किदा घरपरिवार, साथिभाइ लाई कोसेली स्वरुप लगिने मोबाइल फोनमा केही हदसम्म खुल्ला गरिदिनुपर्यो। धेरै होइन ३,४ वटा सम्म लान पाइने ब्यबस्था गरिनुपर्यो।
भन्सार को पानीमाथिको ओभानो हुन खोज्ने नौटंकी मात्रै हो, सेटीङ मिले सुनको हात्ती छीराउछ, छीरेको छ गरीब को पसीना को कमाई मा गीद्दे नजर लाउछ