न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिमको घोषणा

डिसी नेपाल
२६ असोज २०८१ ९:०७
136
Shares

काठमाडौं। भारतले न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि टिमको घोषणा गरेको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले न्यूजील्याण्डविरुद्ध खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको हो।

रोहित शर्माको कप्तानीमा जसप्रित बुमराहलाई उपकप्तान बनाइएको छ। त्यस्तै विराट कोहली, केएल राहुल र सरफराज खानसँगै आकाश दीपले पनि टोलीमा मौका पाएका छन्।

तीन खेलको टेष्ट सिरिज खेल्न न्युजील्याण्डको टोली भारत भ्रमणमा रहेको छ। भारत र न्युजिल्यान्डबीच अक्टोबर १६ देखि तीन खेलको टेष्ट सिरिज हुँदैछ भने सिरिजको पहिलो खेल बैंगलोरमा हुनेछ।

भारतीय टिम:

रोहित शर्मा (कप्तान), जसप्रित बुमराह (उपकप्तान), यशस्वी जैसवाल, शुभमन गिल, विराट कोहली, केएल राहुल, सरफराज खान, ऋषभ पन्त (विकेटकिपर), ध्रुव जुरेल (विकेटकिपर), रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद सिराज र आकाश दीप ।

ट्राभल रिजर्भ: हर्षित राणा, नितिश कुमार रेड्डी, मयंक यादव र प्रसिद कृष्ण ।

त्यस्तै भारत भ्रमणका लागि न्यूजिल्याण्डको टिममा टम लाथम (कप्तान), टम ब्लन्डेल (विकेटकीपर), माइकल ब्रेसवेल (पहिलो टेस्ट), मार्क च्यापम्यान, डेभन कोनवे, म्याट हेनरी, डेरिल मिचेल, विलियम ओ’रोर्क, एजाज पटेल, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सेन्टनर, बेन सियर्स , ईश सोधी (दोस्रो र तेस्रो टेस्ट), टिम साउथी, केन विलियम्सन र विल योङ रहेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *