बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको क्लीन स्वीप
काठमाडौं। भारतले बंगलादेशविरुद्धको टी-२० सिरिज क्लीन स्वीप गरेको छ। गएराति सम्पन्न सिरिजको तेस्रो खेलमा भारतले बंगलादेशलाई १३३ रनले पराजित गर्दै सिरिज ३-० ले जितेको हो।
भारतले दिएको २९८ रनको विशाल लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै १६४ रन बनाएको थियो।
बंगलादेशका लागि टोहिद हृदयले अविजित ६३ रन बनाएका थिए भने लिटन दासले ४२ रन बनाएका थिए।
त्यस्तै यस अघि पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर २९७ रन बनाएको थियो। भारतका लागि सन्जु सामसनले ४७ रनमा १११ रनको शतकीय पारी खेलेका थिए भने कप्तान सूर्यकुमार यादवले ३५ ब्व्ल्मा ७५, हार्दिक पाण्डेयले १८ बलमा ४७, रियान परागले१३ बलमा ३४ रन बनाएका थिए।
यो जितपछि भारतले तीन खेलको सिरिज ३-० ले जितेको छ। यस खेलको प्लेयर अफ द म्याच सन्जु सामसन बने बने सिरिजमा प्लेयर अफ द सिरिज हार्दिक पाण्डेय बनेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment