लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते
लमजुङ। लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। आइतबार बिहान ११ :३० बजेतिर लमजुङको सारिङबाट बेसीसहरतर्फ जाँदै गरेको जीप मकैडाँडामा दुर्घटना हुँदा १९ जना घाइते भएको लमजुङ प्रहरीले जानकारी दिएको छ।
टाउकोमा गम्भीर चोट लागेका ४ जनालाई भरतपुर मेडिकल कलेजमा रिफर गरिएको छ भने बाँकी घाइतेहरू लमजुङ अस्पतालमा उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment