जयवर्धने पुन: मुम्बई इण्डियन्सको मुख्य प्रशिक्षक
काठमाडौं। आइपिएल टिम मुम्बई इण्डियन्सले श्रीलंकाका पुर्व ब्याट्सम्यान महिला जयवर्धनेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
मुम्बई इण्डियन्सले जयवर्धनेलाई पुन मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। उनी यसअघि २०१७ देखि २०२२ सम्म मुम्बईको प्रशिक्षक थिए । पछिल्लो दुई सिजन मुम्बईको प्रशिक्षक मार्क बाउचर रहेका थिए।
जयवर्धने प्रशिक्षक हुदा मुम्बईले २०१७, २०१९ र २०२० मा आइपिएलको उपाधि जितेको थियो । पछिल्लो सिजनमा भने मुम्बई पुछारमा रहेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment