तेस्रो चरणको क्लोज क्याम्पका लागि महिला यू-१९ का १८ खेलाडी छनौट
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने खेलाडी चयन गर्न तेस्रो चरणको क्याम्पका लागि १८ खेलाडी छनौट गरेको छ ।
अन्तिम टिम छनौट गर्नुअघि १८ खेलाडीलाई तेस्रो चरणको क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिने क्यानले जनाएको छ । तेस्रो चरणको क्लोज क्याम्प बुधबारदेखि भैरहवामा हुने क्यानले जानकारी दिएको छ ।
तेस्रो चरणको क्याम्पका लागि छनौट भएका खेलाडीमा सोनी पाख्रिन, मनिषा उपाध्याय, क्रिश्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, रन्जु श्रेष्ठ, किरण कुमारी कुँवर, त्रिशना बिक, रिया शर्मा, अलिशा कुमारी यादव, भवानी कामति, पुजा महतो, कुसुम गोदार, सीमाना केसी, ज्योत्स्निका मरासिनी, रचना चौधरी र आश्मा पुलामी मगर रहेका छन् ।
यस अघि दोस्रो चरणको क्याम्पमा समावेश गरिएका सुष्मिता भुसाल र प्रतिमा शाहलाई तेस्रो क्याम्पबाट बाहिर राखिएको छ ।
२०२५ मा हुने महिला यू-१९ विश्वकपका लागि एशिया क्वालिफायरमा नेपालसहित कुवेत, थाइल्याण्ड र युएई खेल्दै छन् । क्वालिफायरमा शिर्ष स्थानमा रहने देश विश्वकपका लागि छनौट हुने छ । एशिया क्वालिफायर खेल नोभेम्बर ६ देखि दुबईमा हुँदै छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment