नेपालविरुद्ध टी-२० सिरिज खेल्ने अमेरिकी टिमको घोषणा

डिसी नेपाल
२८ असोज २०८१ १२:२६
136
Shares

काठमाडौं । अमेरिकाले नेपालविरुद्धको टी- २० सिरिजका लागि टिमको घोषणा गरेको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक सिरिज अघि अमेरिका र नेपालले तीन खेलको टी-२० सिरिज खेल्न लागेका हुन् ।

अमेरिकाले घोषणा गरेको १५ सदस्यीय टोलीमा अलि खान र एरोन जोन्स टिममा फर्किएका छन् ।

अमेरिकी टिममा मोनांक पटेल (कप्तान), एन्ड्रिज गौस, अभिषेक पराडकर, एरोन जोन्स, हरमित सिंह, जुआनोय ड्रिसडेल, मुहम्मद अली खान, मिलिन्द कुमार, नोस्थुषा केन्जिगे, जसदीप सिंह, सौरभ नेत्रावलकर, साइतेजा मुक्कामल्ला, शायन जहांगीर, उत्कर्ष श्रीवास्तवा र यासिर मोहम्मद ।

नेपाल र अमेरिकाबीचको टी-२० सिरिज नेपाली समय अनुसार आगामी शुक्रबार बिहानदेखि हुनेछ । तीनै खेल टेक्सस स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुनेछ ।

नेपाली टिम भने क्यानडाको सिरिज सकेर अमेरिका पुगिसकेको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *